
तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ जेठ । गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर आज काठमाडौँ ल्याइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गर्नुभयो ।
नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त जोशी, अभिनेत्री गौरी मल्ल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शुभचिन्तकले पुष्पगुच्छा चढाई कलाकार परियारप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
कलाका विभिन्न विधा अभिनय, गायन, सङ्गीतमा उत्तिकै दखल राख्ने परियारले चर्चित टेलीशृङ्खला दलहन, बधशाला, ताण्डव र फिटकिरी चलचित्र र अन्य रेडियो नाटकमा पनि अभिनय गर्नुभएको छ ।
उहाँका श्रीमती बिमला परियार पनि गायिका हुनुहुन्छ । उहाँका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी हुनुहुन्छ ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]