
तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ जेठ । गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर आज काठमाडौँ ल्याइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गर्नुभयो ।
नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त जोशी, अभिनेत्री गौरी मल्ल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शुभचिन्तकले पुष्पगुच्छा चढाई कलाकार परियारप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
कलाका विभिन्न विधा अभिनय, गायन, सङ्गीतमा उत्तिकै दखल राख्ने परियारले चर्चित टेलीशृङ्खला दलहन, बधशाला, ताण्डव र फिटकिरी चलचित्र र अन्य रेडियो नाटकमा पनि अभिनय गर्नुभएको छ ।
उहाँका श्रीमती बिमला परियार पनि गायिका हुनुहुन्छ । उहाँका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग