
नवनियुक्त उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार सिंहदरबारस्थित मन्त्रालयमा सोमबार साँझ पदभार ग्रहण पछि मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, २५ वैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, “ सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु ।” उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न हुने बताउँदै यसलाई अर्थपूर्ण बनाउनका लागि आफू लाग्ने बताउनुभयो । दोसो चरणको स्थानीय तहको निर्वाचन गर्न पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणको जस्तै दोस्रो चरणको चुनाव पनि महत्वपूर्ण छ, चुनावमा केही असहमत पक्ष पनि छन्, ती सबै असहमत दललाई चुनावमा ल्याउने जिम्मेवारी निर्वाह गर्छु ।’
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग