लन्डन । मेडस्टोन गोर्खा बक्सिङ क्लबले गत शुक्रबार २८ अप्रिलका दिन मेडस्टोन टाउनस्थित मोट हलमा पांचौ वार्षिक खुल्ला बक्सिङ्ग प्रतियोगिता गरेको छ । काउन्सिलर तथा उपमेयर माल्कम ग्रीरले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । राती करिब ८ बजेबाट शुरु भएको उक्त बक्सिङ प्रतियोगितामा जम्मा १४ वटा प्रतिष्पर्धा भएका थिए भने बेलायतभरिका १२ भन्दा बढि क्लबले भाग लिएका थिए ।
सो वार्षिक खुल्ला प्रतियोगितामा मेडस्टोन गोर्खा बक्सिङ क्लबको तर्फबाट ९ जना प्रतियोगीले भाग लिएका थिए भने प्रसंग थापा, यडम बेनार्दुट, बेन्जामिन क्षेत्री र रेश्वन राई तीन राउण्डको खेल पश्चात विजयी भए ।
करिब ६०० दर्शकले भरिएको मोट हलमा स्थानीय नेपालीको पनि त्यतिकै उपस्थिति थियो । क्लबका सचिव दिनेश खड्काको संयोजकत्वमा व्यवस्थित उक्त कार्यक्रममा पदम थापा, बुद्ध गुरुङ, अग्नी थापा, सानु गुरुङ, सन्जीव पाण्डे, मिनु गुरुङ, भेक छन्त्याल, सूर्य तामाङ, भुपाल गुरुङ एवं नेपाली समाजका सदस्यहरुले सहयोग गरेका थिए ।
सो कार्यक्रममा खानपिनको व्यवस्थापन मिना भुजेलले गरेकी थिइन् । मेडस्टोन सी कडेटको अग्रसरतामा आयोजना गरिएको राफलबाट क्लबका लागि २०१ पाउण्ड संकलन भएको थियो ।
पूर्व गोर्खा सैनिक झपट भुजेल र स्थानीय नेपाली समाजका सदस्यहरुको पहलमा सन् २००९ मा मेडस्टोन गोर्खा बक्सिङ क्लब स्थापना गरिएको थियो । भुजेलले नेपालको तर्फबाट सन् १९८८ मा सोल (दक्षिण कोरिया) मा आयोजित ओलम्पिकमा भाग लिनुका साथै दुई पटक सन् १९९१ र १९९२ मा हङकङ च्याम्पियनको उपाधि पनि हात पारि सकेका छन् । त्यसैगरी उनी सन् १९९२ र १९९३ मा बेलायतको आर्मी च्याम्पियन घोषित भएका थिए ।
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो