लन्डन । लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा बुद्ध जयन्ती मनाउन नेपाली समुदाय उत्साहित भएको छ । कार्यक्रम सफल बनाउन जनस्तरबाट स्वतस्फूर्त आर्थिक सहयोग दिने क्रम जारी छ ।
बुद्ध फाउण्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा बुद्ध जयन्ती मनाउन लागेको हो । फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम भव्य, सभ्य र सार्थक बनाउन जनसमुदाय र सामाजिक अगुवाबाट चन्दा संकलन गरिएको बताए । उनले चन्दा संकलन कार्यमा दूतावास भने संलग्न नभएको स्पष्ट पारेका छन् । ‘बेलायतको एक मिडियाले दूतावास चन्दा संकलनमा लागेको भ्रामक समाचार प्रकाशित गरेपनि त्यो सत्य होइन । दूतावासले हामीलाई लजिस्टिक सपोर्ट गरेको छ, न कि आफैं चन्दा संकलन’, उनले प्रष्ट्याए ।
आगामी ७ मे बेलुका लन्डनको मुटु ट्राफलगर स्क्वायरमा गर्न लागिएको बुद्ध जयन्ती कार्यक्रममा चार देशका राजदूत आउने निश्चित भएको छ । लन्डनस्थित नेपाली दूतावासले अन्य धेरै कुटनीतिज्ञहरु र नेपाली समुदायलाई उपस्थितिका लागि पत्राचार गरिसकेको छ । उक्त कार्यक्रमबाट वुद्ध नेपालमा जन्मिएको सन्देश प्रवाह, नेपालको पहिचान विस्तार, धार्मिक पर्यटन प्रवर्धन र आर्थिक सामाजिक विकास हुने विश्वास दूतावासको छ ।
ट्राफलगर स्क्वायरमा सांझ ६ देखि राती ९ बजेसम्म दीप प्रज्वलन र अन्य गतिविधि गरि बुद्ध जयन्ती मनाइने तयारी छ ।
बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले कार्यक्रमका बेला नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपलिज नर्सिङ एसोसिएसन यूकेले स्वयंसेवी भूमिका निर्वाह गरि ‘फष्ट एड’ सेवा निशुल्क उपलव्ध गराउने वचन दिएको बताए । श्रेष्ठले उक्त कार्यक्रम सफल बनाउन बेलायतस्थित करिब ४० संघसंस्थाले ऐक्यवद्धता र साथ दिएको समेत बताए ।
दीप प्रज्वलन, पूजा, प्रवचन, पोस्टर डिस्प्ले र वितरण लगायत कार्यक्रम गरि बुद्ध जयन्ती मनाउन आयोजक जुटेका छन् । सोही सांझ विभिन्न संघसंस्था तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको फाउण्डेसनका सांस्कृतिक संयोजक सूर्य गुरुङले जनाए । नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारीले कार्यक्रममा आउने विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरु वितरण गरिने जनाए । स्वयंसेवक संयोजक जीवन सेनले कार्यक्रम व्यवस्थित र सभ्य बनाउन विभिन्न संघसंस्थाका तर्फबाट व्यापक स्वयंसेवकहरु परिचालन गर्ने तयारी गरिएको बताएका छन् ।
सहयोगदाताहरूको नामावली
1) Deepak Shrestha -301.00
2) Rajan Khakurel – £221.00
3) Mahendra Kunwar (EM Buddha Foundation) -£21.00
4) Bhim (Mahendra) Gurung (Advisor NRNA UK)- £21.00
5) Jiban Sen – £25.00
6) Kishor Gurung, President (UK fitness and Body Building)- £11.00
7) Harry Gurung – £21.00
8) Suren Rupakheti (secretary-Buddha Foundation) -£21.00
9) Hari Govinda Gurung (President RGNS) £15.00
10) Harish Gyawali – £21.00
11) Bikash Nepal – £121.00
12) Yubraj Sedai – £50.00
13) Everest Gautam – £24.00
14) Dhanraj Malla – £31.00
15) Barma Khanal – £21.00
16) Sumal Gurung, President ( Plyou DIAMOND ) -£ 21.00
17) Sushil Prajapati- (President, Pasa Puchah Guthi SE) -£51.00
18) Niranjan Khadka – £121.00
19) Gangu Gauchan – £ 25.00
20) Tanka Kandel – ( President:-Charlton Samaj UK) £ 25.00
21) Bhuwan khatri -£25.00
22) Sunil Pokhrel – £5.00
23) Sharad Shrestha- £25.00
24) Rajendra Kadel – £20.00
25) Express Studio London(Birendra Shrestha) -£55.00
26) Deepak Thapa- £21.00
27) Sharmila Manandhar – £21.00
28) Kumar shrestha – £25.00
29) Arjun Katuwal – £15.00
30) Bishnu Puri ji – £21.00
31) NIR MARHARJAN -£21.00
32) Roshan Upreti – £15.00
33) Yub Raj Singh (Unique Tutor)- £21.00
34) Mahendra Kandel (NRNA UK Ex- president) – £21.00
35) Lalit Neupane (Assistant Treasure NRNA UK) – £51.00
36) Urmila shrestha – £51.00
37) Rajendra Chhetri – £20.00
38) Bishwa Adarsha Pandit (NRNA ICC Advisor) – £51.00
39) Moti Bhandari – £25.00
40) Deepak Thapa – £21.00
41) Parus BT – £25.00
42) Sudip Karki – £7.71
43) Pashupati Bhandari (Honorary Public Relation Representative of Nepal Tourism Board to UK) & Yadav Bhandari – £151.00
44) Sobita Pokharel Rupakheti – £20.00
45) Binod Gyawali (NRNA-UK Advisor) -£51.00
46) Resham Basyal (vice-president NSU UK) – £21.00
KSUK
Barclays Bank
S/C- 20-45-45
A/c No. – 33776360
Regards
Rajan Khakural
Treasurer
Budha Foundation UK
Thank you so much for supporting.
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण