उत्तरी आयरल्याण्ड । ‘भाग्यले बांचेकाहरु’ वृत्तचित्रले बेलायती नेतृलाई समेत रुवाएको छ । उत्तरी आयरल्याण्डमा आइतबार नेपाली समुदायले आयोजना गरेको विशेष शोमा लेबर पार्टीकी नेतृ बिग्रेट एन्टोनसहित बेलायती र नेपालीहरु वृत्तचित्र हेरेर भावुक भए । आयरल्याण्डको लेबर पार्टीकी पूर्व उपाध्यक्ष एवं सांसदकी उम्मेदवार समेत रहेकी एन्टोनले भनिन्, ‘म आफैं नेपाल पुगेजस्तो लाग्यो, नेपालीको पीडामा हामी पनि साथमा छौं ।’ एन्टोनले भूकम्प लगत्तै आफूहरुले ६ हजार पाउण्ड संकलन गरेर नेपाल पठाएको भन्दै आगामी दिनमा पनि भूकम्प पीडितलाई सहयोग गर्न इच्छुक रहेको बताइन् । एन्टोनको आडमा बसेर रुंदै थिइन्, अर्की नेपाली सावित्री सापकोटा । उनले भनिन् – ‘डकुमेन्ट्रीका पात्रहरुको पीडा हेर्दा आफ्नै पीडा जस्तो लाग्यो ।’
उत्तरी आयरल्याण्डस्थित लेबर पार्टीका पूर्व केन्द्रीय सदस्य एवं नेपाली समुदायका अगुवा विकास चुडालले ‘भाग्यले बांचेकाहरु’ हेर्न विदेशी समुदाय इच्छुक रहेको भन्दै उत्तरी आयरल्याण्डको संसद, बेलफास्टका मेयर तथा उच्च अधिकारीहरुलाई विशेष प्रदर्शनको तयारी गरिएको बताए ।
नेपाली समुदायका अध्यक्ष लिला निउरेले उत्तरी आयरल्याण्डमा पहिलोपटक नेपाली समुदायलाई ‘भाग्यले बांचेकाहरु’ देखाउन पाउंदा खुसी लागेको बताए । भूकम्पपछि आफूहरुले उत्तरी आयरल्याण्डबाट २० हजार पाउन्ड नेपाल पठाउन सफल भएको उनले बताए ।
नेपाली समुदायका अगुवाहरु लक्ष्मण चिमोरिया, नारायण कुंवर, सुरेन्द्र रेग्मी लगायतले उत्तरी आयरल्याण्डमा नेपालीहरुको समुदाय सानै रुपमा भएपनि भूकम्पको बेला आफूहरुले सक्दो सहयोग गरेको स्मरण गरे ।
आयरल्याण्डको शोमा भाग लिन ‘भाग्यले बांचेकाहरु’ का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे बेलफास्ट पुगेका थिए ।
यसैबीच, ‘भाग्यले बांचेकाहरु’ बेलायतको विभिन्न शहरमा प्रदर्शन हुंदैछ । सहारा क्लव युकेले आगामी शनिबार साँझ ७ उलवीचस्थित ट्रामसिड थियटर र आइतबार सांझ ७ बजे अल्डरसटस्थित एम्पाएर हलमा प्रदर्शन गर्न लागेको हो । ‘भाग्यले बांचेकाहरु’ गत साता बेलायतको संसदमा प्रदर्शन भएको थियो ।
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो