लन्डन । नेपाली संगीतका लोकप्रिय गायक शिव परियार तेश्रो बेलायत भ्रमणका क्रममा यतिखेर लन्डनमा छन् । आइतबार २३ अप्रिल सांझ उनी ‘एक्सप्रेस एनटिभी म्यूजिकल नाइट’ मा हयारोस्थित क्लब केटिएममा प्रस्तुत भए । एक्सप्रेस स्टुडियोले आयोजना गरेको उक्त कार्यक्रम परियारको पहिलो थियो लन्डनवासीका लागि ।
प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्को कार्यक्रम भ्याउन अलिक चटारोमा थिए । राजदूतकै आग्रहमा उनले पहिलो राउण्डमै कर्णप्रिय चार गीत- संगी, अलिकति नजर, कहां थियौ, नभेटी नभेटी… गाएर सहभागीको मन जितिहाले । अन्तिमसम्म अरु हिट आइटम क्या दामी भो, पिलायो साथीले, पागल बनायौ जस्ता दर्जन बढि गीत गाए उनले ।
कार्यक्रममा राजदूत सुवेदीले शिव परियार स्थापित, लोकप्रिय, आफ्नै संघर्ष, संकल्प र प्रतिभाले अग्लो र सग्लो सांगीतिक तारा भएको प्रशंसा गरे । सुगम संगीतमा पुस्तान्तरण प्रसंग उठाउंदै राजदूत सुवेदीले शिव परियार अन्धकार रातमा देखिने जुनकिरी र जुन जस्तो प्रतिभा भएको पनि बताए । आफू नयां पुस्ताले नेपाली कला, संस्कृति, संस्कार, भाषा, भेषभुषा, साहित्य नबिर्सिउन् भन्नेमा लागिरहेको बताउंदै राजदूतले नेपाली समाज समृद्ध, सुशिक्षित, सुविचारित र सुसंस्कृत अनि एकता, सहिष्णुता, समृद्धि, समझदारी र भातृत्व अभिवृद्धिमा आफ्नो प्राथमिकता रहेको समेत बताए ।
प्रसुना कंडेल र बीरेन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा एक्सप्रेस स्टुडियोका तर्फबाट दिनेश परियार, बीरेन्द्र श्रेष्ठ र जगन कार्की तथा पत्रकार चिरन शर्माले आफ्ना उत्पादन ‘इभेन्टस एण्ड मोर’ र ‘रियाक्सन वीथ चिरन शर्मा’ शुरु भएको ६ महिना पुगेको जनाउंदै कार्यक्रम अझ गुणस्तरिय बनाउन टिम समर्पित रहेको बताए । उनीहरुले एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी, गीतार प्रशिक्षण र इभेन्ट म्यानेजमेन्ट गर्ने जानकारी पनि दिए ।
उक्त कार्यक्रममा साउथ हयारोस्थित एक्सप्रेस स्टुडियोको औपचारिक उद्घाटन समेत गरियो । कार्यक्रममा ‘नाम्लो’ ब्याण्डको प्रस्तुति पनि आकर्षक रहयो भने गायिका शर्मिला बर्देवाकी छोरी आंशिका परियारले समेत गाएकी थिइन् ।
तस्विरः नरेन्द्र बस्नेत
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी