
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा प्रदान गर्ने फोटो कन्सर्न नेशनल फोटो जर्नालिज्म अवार्ड २०७३ का अध्यक्ष ध्रुव आले । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ७ वैशाख । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले यही वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा ‘फोटो कन्सर्न नेसनल फोटोे जर्नालिज्म अवार्ड २०७३’ प्रदान गर्ने भएको छ ।
सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको क्षमता र योग्यताको कदर गर्दै उनीहरु लाई प्रोत्साहनस्वरुप फरक फरक १३ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र र फोटो कन्र्सनका तर्फबाट रु १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गर्न लागिएको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । विभिन्न विधामा सम्मानस्वरुप राशि रु २५ हजारदेखि ५० हजारसम्म दिइने छ । सम्मान पाउन इच्छुकले अनलाइनमार्फत फाराम भरेका थिए ।
उत्कृष्ट फोटो पत्रकार छनोट गर्न छापामाध्यम र अनलाइन न्युज पोर्टलका सम्पादक तथा वरिष्ठ फोटो पत्रकारमध्येबाट एक एक, एनएफपिजेका अध्यक्ष, वरिष्ठ सल्लाहकार लगायत सो क्षेत्रका विज्ञसहित बढीमा सात जनाको छनोट समिति गठन गरिने एनएफपिजेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक फोटो पत्रकारको संस्था एनफएपिजे २०५३ सालमा स्थापना भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश