लण्डन । बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको निधन भएको छ ।
शनिबार बिहान करिब ११ बजे लण्डनको साउथ ह्यारोमा भएको सो दुर्घटनामा परी ७६ वर्षीय थकमती पुनको घटनास्थलमै निधन भएको छ ।
प्राप्त जानकारीअनुसार ७७ वर्षे श्रीमान चन्द्रबहादुर पुन र थकमती पुन सो दिन सदाझैँ मर्निङ वाकका लागि निस्किएका थिए । श्रीमान बाटो काटेर पारि पुगे भने पछिपछि बाटो काट्दै गरेकी श्रीमतीलाई कारले ठक्कर दिन पुग्यो ।
दुर्घटनापछि प्रहरी, स्वास्थ्यकर्मी घटनास्थल आइपुगेका थिए । उनीहरुले एयर एम्बुलेन्स बोलाउने परामर्श गर्दागर्दै पुनलाई मृत घोषित गरेका थिए । अहिले उनको शव नर्थवीक पार्क अस्पतालमा राखिएको छ ।
म्याग्दी दग्नामकी पुन युकेमा पूर्व गोरखा सैनिक श्रीमानका साथ साउथ ह्यारोमा बस्दै आएकी थिइन् । उनका १ छोरा र ५ छोरी नेपालमै छन् ।
उनको शवलाई पुलिस केस र पोस्टमार्टमपछि एक सातामा परिवारलाई दिइने बताइएको राहुघाट सेरोफेरो युकेका सचिव धन पुनले जानकारी दिए ।
उनको शवलाई परिवारको अनुरोधमा नेपाल पठाइने पनि पुनले बताए । अहिले युकेमा रहेका दग्नामबासी र राहुघाटबासीले उनको परिवारका लागि सहयोग संकलन शुरु गरेका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक