लण्डन । नेपलिज डक्टर्स एसोसिएसन युकेले नेपालका दुर्गम क्षेत्रमा काम गर्ने अनमीहरुलाई तालिम दिन च्यारिटी गर्ने भएको छ ।
अप्रिल ३० तारिखका दिन मेडिस्टोन, मार्केट हलमा हुने सो च्यारिटीमा बेलायतका लागि नेपाली राजदुत, काउन्सिलर, युकेस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु, चिकित्सकहरु सहभागी हुने एसोसिएसनकी अध्यक्ष डा. बीना थेबेले जानकारी दिनुभयो ।
सो च्यारिटीका लागि करिब १० हजार पाउण्ड सहयोग संकलन भइसकेको जानकारी दिँदै डा. थेबेले संकलित सहयोगका आधारमा कतिवटा तालिम संचालन गर्ने निर्धारण गरिने बताउनुभयो ।
सोही दिन मेडिस्टोन गोरखा नेपलिज एसोसिएनको सहआयोजनामा स्वास्थ्य शिक्षाका बारेमा जानकारी र स्वास्थ्य परीक्षण गरिने भएको छ । डा. चुडा कार्की, डा. प्रकाश सुवेदी, डा. अच्युत धिताल, मानसिरी गुरुङ, डेन्टल लिड डा. कपिल रिजालले स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिनेछन् । डा. थेबे, डा. रिजाल, डा.रसना बज्राचार्य, जयश्री पटेल, हेसु बराला, डा. गौरब गुरुङलगायतले स्वास्थ्य परीक्षण गर्ने बताइएको छ ।
कार्यक्रमकाे संयाेजक डा. सुमिन्द्र पुन, स्वास्थ्यचेतना कार्यक्रमका संस्थापक डा. एन्जल मगर र नेपलिज नर्सेज एसाेसिएसनकी अध्यक्ष प्रसुना कँडेल रहेका छन् ।
स्वास्थ्य परीक्षणामा नर्सेस एसाेसिएसन र डेन्टिष्टहरूकाे पनि सहकार्य रहेकाे छ ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना