लन्डन । अस्वस्थ अभिनेता दीपक क्षेत्रीको उपचारार्थ बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बेलायतबाट संकलित तीन लाख रुपैयां आइतबार नेपालमा वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा मोडल जान्वी बोहराले क्षेत्रीलाई हस्तान्तरण गरे ।
क्षेत्रीको उपचारका लागि समाजका सल्लाहकार एवं प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाको विशेष पहल तथा क्षेत्री समाज बेलायतको संयोजनमा ३ दिनमा संकलित तीन लाख रुपैयां नेपाल पठाइएको आपतकालिन कोष संयोजक प्रतिमा केसीले जनाइन् ।
क्षेत्री विगत चार वर्षदेखि घांटीमा मासु पलाएर ग्रसित छन् । उनको जीवनरक्षाका लागि सरकारले केही नगरेपछि देश विदेशबाट सहयोग संकलन जारी छ । गत साता सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनको मर्मस्पर्शी भिडियो अन्तर्वार्ता भाइरल भएपछि उनलाई सहयोग ओइरिने क्रम बढेको हो ।
दार्जिलिंगमा जन्मेर काठमाडौंमा आइ दर्जनौं नाटक, टिभी सिरियल र सयौं चलचित्रमा जोडदार अभिनय गरेका क्षेत्री विगत ४ वर्षदेखि घांटीमा मासु पलाएर बोल्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा