बेरुत, ३ वैशाख । सिरियामा सिरिया सरकारको नियन्त्रणमा रहेको सहरबाट विस्थापित भएका व्यक्ति बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ११२ पुगेको मानव अधिकारवादी समुहले आइतबार जानकारी दिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आइतबार दिएको जानकारीअनुसर उत्तरी सहर फुआ र काफ्रियाबाट विस्थापित भएका ९८ व्यक्तिको अलेप्पोको पश्चिमी भागमा पर्ने मार्गमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।
आक्रमणमा परी अरु सयाँै घाइते भएका बताइएको छ । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि अनुमान गरिएको छ ।
फुआ र काफ्रिया विगत दुई वर्षदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।
सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको छ वर्षीय लामो गृह युद्धका क्रममा यस्ता घटना बेलाबेलामा भइरहेका छन् । राष्ट्रपति बसर अल असदले हिंसा अन्त्यका लागि आह्वान गरिरहनु भएको छ ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि हाबी हुँदै गयो ।
जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् ।
त्यस्तै लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक