बेरुत, ३ वैशाख । सिरियामा सिरिया सरकारको नियन्त्रणमा रहेको सहरबाट विस्थापित भएका व्यक्ति बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ११२ पुगेको मानव अधिकारवादी समुहले आइतबार जानकारी दिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आइतबार दिएको जानकारीअनुसर उत्तरी सहर फुआ र काफ्रियाबाट विस्थापित भएका ९८ व्यक्तिको अलेप्पोको पश्चिमी भागमा पर्ने मार्गमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।
आक्रमणमा परी अरु सयाँै घाइते भएका बताइएको छ । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि अनुमान गरिएको छ ।
फुआ र काफ्रिया विगत दुई वर्षदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।
सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको छ वर्षीय लामो गृह युद्धका क्रममा यस्ता घटना बेलाबेलामा भइरहेका छन् । राष्ट्रपति बसर अल असदले हिंसा अन्त्यका लागि आह्वान गरिरहनु भएको छ ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि हाबी हुँदै गयो ।
जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् ।
त्यस्तै लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो