मंगलबार, जेठ ४ २०७८ | Tue, May 18, 2021
नेपालको समय: ००:१३ | UK Time: 19:28

डार्टफोर्ड नेपाली समाजले मनायो नयाँवर्ष

वीनेपाली
२०७४ वैशाख ३ गते १३:५५

नाराबाजी लै लै गाउदै बालबालिकाहरू

लण्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले शनिबार डार्टफोर्डमा नेपाली नयाँ वर्ष मनाएको छ ।

स्थानीय डार्टफोर्ड सोसल क्लवमा भएको सो कार्यक्रमको अध्यक्षता राजेश पाठकले गरेका थिए । कार्यक्रममा काउन्सिलर डा बच्चुकैलाश कैनी र संस्थापक अध्यक्ष चण्डिका भट्टले शुभकामना दिएका थिए । यस्तै डार्टफाेर्डमा नवअागन्तुकका तर्फबाट नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगरले शुभकामना दिएका थिए ।

महासचिव दीपक थापाले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रोसु पराजुलीले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रममा नेपाली कक्षा र बयोवृद्धहरूलाई अन्तरघुलन परियोजनाका स्वयंसेवकलाई सम्मान गरिएको थियो ।

यस्तै, डार्टफोर्डमा नयाँ बस्न आएकाहरू स्वागत गरिएको थियो ।

साॅस्कृतिक कार्यक्रमको सन्चालन सुनिता गौतम थापाले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक