यलम्बरहाङ कपको दुवै उपाधि एफसि केन्टको पोल्टामा

लन्डन । १० औं यलम्बरहाङ कपमा भेट्रान र सुपर भेट्रानतर्फ दुबै कप एफसी केन्टको पोल्टामा परेको छ । गत १५ अप्रिल २०१७ का दिन लन्डन फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको उक्त प्रतियोगितामा यस वर्ष जम्मा ३३ टिमले भाग लिएका थिए । प्रतियोगीमा १८ वटा मेन टिम, ८ टिम भेट्रान र ७ टिम सुपर भेट्रानका थिए ।

सुपर भेट्रानको फाइनलमा धरान टिमसंग कडा प्रतिष्पर्धा परेपछि अन्त्यमा पेनाल्टी शुटबाट एफसी केन्टले बिजय हात पारेको हो । भेट्रान टिम केवाइसीले रसमोर शाखासँग कडा प्रतिष्पर्धा भइ १० मिनेटको थप समयमा गोल हान्न सफल भएपछि जित हात पारेको थियो ।

१८ मेन टिममध्ये फाइनलमा रिडिङ युनाइटेडलाई पछि पार्दै मंगोलियन भन्जाजले शिल्ड जित्यो ।

पुरस्कार वितरणका क्रममा कियाचु केन्द्रिय कमिटीका अध्यक्ष काजिमान यक्सोले सम्पूर्ण विजेता टिमलाई बधाई दिए । बिहान १० बाट शुरु भएर साँझ ७ बजे सकिएको उक्त प्रतियोगिता महेश वनेम, मान तबेबुङ र महासचिव खगेन्द्र लावतीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री