लण्डन । सगरमाथा आरोहण गर्ने सबैभन्दा ज्येष्ठ नागरिकको कीर्तिमान राख्न लागेका मीनबहादुर शेरचनको आरोहणमा सहयोग गर्न युकेमा च्यारिटी गरिन लागेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) युके, मगर संघ युके, म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युके र थकाली समाज युकेको आयोजनामा यही अप्रिल २३ तारिखका दिन अल्डरसटस्थित इम्पाएर हलमा सो च्यारिटी हुन लागेको हो ।
एनआरएन युकेका उपाध्यक्ष योगकुमार फगामीले सो च्यारिटीमा भाग लिन सबैलाई अनुरोध गरेका छन् ।
८६ वर्षीय शेरचन यो सिजनमा सगरमाथा आरोहण गर्नका लागि आधार शिविरतर्फ लागिसकेका छन् । फगामीका अनुसार शेरचनको आरोहणका लागि करिब १ करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये करिब ६२ लाख रुपियाँ संकलन भई आरोहण एजेन्टलाई भुक्तानी भइसकेको छ भने बाँकी रकम विश्वभरबाट संकलन गरिँदैछ ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक