ज्येष्ठ नागरिकको सगरमाथा आरोहणका लागि च्यारिटी

लण्डन । सगरमाथा आरोहण गर्ने सबैभन्दा ज्येष्ठ नागरिकको कीर्तिमान राख्न लागेका मीनबहादुर शेरचनको आरोहणमा सहयोग गर्न युकेमा च्यारिटी गरिन लागेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) युके, मगर संघ युके, म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युके र थकाली समाज युकेको आयोजनामा यही अप्रिल २३ तारिखका दिन अल्डरसटस्थित इम्पाएर हलमा सो च्यारिटी हुन लागेको हो ।
एनआरएन युकेका उपाध्यक्ष योगकुमार फगामीले सो च्यारिटीमा भाग लिन सबैलाई अनुरोध गरेका छन् ।
८६ वर्षीय शेरचन यो सिजनमा सगरमाथा आरोहण गर्नका लागि आधार शिविरतर्फ लागिसकेका छन् । फगामीका अनुसार शेरचनको आरोहणका लागि करिब १ करोड खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये करिब ६२ लाख रुपियाँ संकलन भई आरोहण एजेन्टलाई भुक्तानी भइसकेको छ भने बाँकी रकम विश्वभरबाट संकलन गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री