दामस्कस, २२ चैत । उत्तरपश्चिमी सिरियामा भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३५ पुगेको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले मृतकमध्ये अधिकांश आम नागरिक रहेको जनाएको छ ।
मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी मृत्यु भएका नौ जना बालबालिका समेत रहेका छन् ।
इडलिब प्रदेशको खान सेइखुनमा उनीहरुमाथि हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ ।
आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् ।
यसैबीच, सिरियाको प्रतिपक्षी पार्टीले ग्यास आक्रमण गर्ने कार्य अमानविय र मानवअधिकार विपरित भएको भन्दै घटनाको छानविन गर्न माग गरेको छ ।
प्रतिपक्षी नेश्नल कोलिसनले सुरक्षा परिषद्को आपतकालिन बैठक तत्काल बोलाएर खुल्ला र निश्पक्ष छानविन गर्न लगाउन संयुक्त राष्ट्रसङ्घसँग माग गरेको हो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा