
नेकपा एमाले कास्कीले पोखराको चिप्लेढुंगामा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्र्दै एमाले अध्यक्ष के .पी शर्मा ओली । तस्बिर ः निमदत्त सुवेदी, पोखरा, रासस
पोखरा, १८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उत्साह जनतामा जागिसकेकाले अब निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने बताउनुभएको छ ।
एमाले कास्कीले आज पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको जनसभालाई सम्बोधन अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गर्नुभयो । उहाँले अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सरकार र सवै राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।
एक वर्षअघि आफूले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उहाँले केरुङ–काठमाडौँ–पोखरा रेलमार्ग निर्माण, सबै राजमार्गलाई चार लेनको बनाउन र फेवा, रुपा, बेगनासलगायत सवै तालको संरक्षणमा आफूले विशेष पहल गर्ने आश्वासन दिनुभयो ।
नेता ओलीले केही राजनीतिक दलले आपराधिक गतिविधि सञ्चालन गरी एमालेका कार्यकर्ताका घरमा तोडफोड तथा आगजनी गर्ने र कार्यकर्तामाथि आक्रमण गर्ने काम गरेकाले त्यस्ता काम नगर्न चेतावनीसमेत दिनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले विभिन्न दल परित्याग गर्ने करिब एक हजार तीन सय जनालाई टीका लगाई पार्टी प्रवेश गराउनुभएको थियो । यसअघि पोखराका बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित जुलुस चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत भएको थियो ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय