निर्वाचनमा राजनीतिक सहमतिको वातावरण जुटाउने प्रयास

फाइल तस्विरः इकान्तिपुर

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा राजनीतिक सहमतिको वातावरण जुटाउने विषयमा आज कुराकानी भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा मुलुकको पछिल्लो समसामयिक परिस्थितिबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । चीनको एकसाता लामो भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार प्रमुख घटक काँग्रेसका सभापछिसँग परामर्श गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री