
लन्डन । लन्डन एजवेयर रेल स्टेसन नजिक एक नेपालीको जापनिज रेष्टुरेन्ट खुलेको छ । युवा व्यवसायी सुरज पौडेलले ‘मि लभ सुसी’ नामक रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । नयां व्यवस्थापनमा सञ्चालन हुन लागेको रेष्टुरेन्टको औपचारिक उद्घाटन यही २६ मार्च आमाको मुख हेर्ने दिन गरिने पौडेलले जनाए । रेष्टुरेन्ट उद्घाटनका अवसरमा ग्राहकलाई ४० प्रतिशत डिस्काउन्ट र वेलकम ड्रिंक्स निशुल्क बांडिने पौडेलले बताए ।
५० सिट क्षमताको उक्त रेष्टुरेन्टमा सुसी, नुडल्स, बेन्टोसहित झण्डै दुई सय जापनिज खाना उपलव्ध छन् । ‘टेक वे’ र चार माइल वरपर होम डेलिभरी समेत गरिने पौडेलले बताए । जन्मदिन, म्यारिज एनिभर्सरी वा अन्य हरेक उत्सवका लागि रेष्टुरेन्ट लोकेसन पायक र वातावरण पारिवारिक भएको बताइएको छ । अहिले स्वास्थ्यकर खानाको चाहनासंगै माग बढेकाले अन्य नेपाली व्यवसायीभन्दा फरक जापनिज रेष्टुरेन्ट खोलिएको सञ्चालक पौडेलले जनाएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?