
लन्डन । लन्डन एजवेयर रेल स्टेसन नजिक एक नेपालीको जापनिज रेष्टुरेन्ट खुलेको छ । युवा व्यवसायी सुरज पौडेलले ‘मि लभ सुसी’ नामक रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । नयां व्यवस्थापनमा सञ्चालन हुन लागेको रेष्टुरेन्टको औपचारिक उद्घाटन यही २६ मार्च आमाको मुख हेर्ने दिन गरिने पौडेलले जनाए । रेष्टुरेन्ट उद्घाटनका अवसरमा ग्राहकलाई ४० प्रतिशत डिस्काउन्ट र वेलकम ड्रिंक्स निशुल्क बांडिने पौडेलले बताए ।
५० सिट क्षमताको उक्त रेष्टुरेन्टमा सुसी, नुडल्स, बेन्टोसहित झण्डै दुई सय जापनिज खाना उपलव्ध छन् । ‘टेक वे’ र चार माइल वरपर होम डेलिभरी समेत गरिने पौडेलले बताए । जन्मदिन, म्यारिज एनिभर्सरी वा अन्य हरेक उत्सवका लागि रेष्टुरेन्ट लोकेसन पायक र वातावरण पारिवारिक भएको बताइएको छ । अहिले स्वास्थ्यकर खानाको चाहनासंगै माग बढेकाले अन्य नेपाली व्यवसायीभन्दा फरक जापनिज रेष्टुरेन्ट खोलिएको सञ्चालक पौडेलले जनाएका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान