लन्डन । बेलायती सेनाबाट दक्षिण सुडानमा तैनाथ हुन जाने शान्ति सैनिकलाई आफ्नो अनुभव, मिसनको भविष्य र तैनाथीका बारेमा जानकारी दिन नेपाली सेनाका उपरथी रमेशकुमार पुन बेलायत आउंदैछन् । आइतबार उनी काठमाण्डौंबाट प्रस्थान गरेका छन् ।
उपरथी पुन बेलायती सेनाको निमन्त्रणामा विषय विज्ञका रुपमा बेलायत आउन लागेका हुन् । नेपाली सेनाले विश्व शान्तिका लागि विभिन्न राष्ट्रमा तैनाथ भई पुरयाएको योगदानको कदर गरेको र त्यहाँ जानका लागि विज्ञका रुपमा बेलायत जस्तो समृद्ध राष्ट्रबाट अनुरोध हुनु नेपाल र नेपाली सेनाका लागी गौरवको कुरा भएको नेपाली सेनाले जनाएको छ ।
उपरथी पुन बेलायतस्थित रोयल मिलिटरी एकेडेमी सानड्रस्टबाट आयुक्त भई नेपाली सेनाको विभिन्न तहमा स्टाफ र शिक्षकको रुपमा कार्य गर्दै आएका छन् । हाल उनी नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयको महानिर्देशकको रुपमा कार्यरत छन् ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि उपरथी पुन आफ्नो पेशागत अवधिमा संयुक्त राष्ट्र सङ्घीय मिसन लेवनानमा इन्जिनियर प्लाटुन कमाण्डर, क्रोएसियामा मिलिटरी पर्यवेक्षक, सेरालियोनमा गणपति र दक्षिण सुडानको डेपुटी फोर्स कमाण्डरमा नियुक्त भएका थिए । दक्षिण सुडानमा १२ हजार पाँच सयभन्दा बढी सेना भएको संयुक्त राष्ट्र संघीय मिसनमा विश्वका करिव ७० राष्ट्रका सेनाको सहभागिता छ ।
उपरथी पुनले पटक पटक संयुक्त राष्ट्रसंघीय मिसनमा भाग लिई बटुलेको अनुभव र आफुले कुशलतापूर्वक कार्य सम्पादन गरेको अनुभव तथा दक्षता विश्व शक्ति राष्ट्रको सेनालाई आदानप्रदान गर्न पाउनु नेपाली सेना र मुलुककै लागि गौरवको कुरा भएको नेपाली सेनाले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार