काठमाडौँ, ४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो ।
उहाँले सबै किसिमको आतङ्कवादको अन्त्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र नेपाल आतङ्कवादको अन्त्यका लागि प्रतिबद्ध रहेको भनी सम्मेलनमा प्रस्तुत गरेको नेपालको प्रस्ताव स्वीकृत भएको उल्लेख गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको चर्चा गर्दै गृहमन्त्री निधिले प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिनुभएको बताउनुभयो ।
नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन भारत तयार रहेको गृहमन्त्री निधिले जानकारी दिनुभयो ।
उहाँले दुई देशबीचको सम्बन्धमा देखिएको समस्यालाई कूटनीतिक तवरबाट समाधान गर्न सकिने धारणा दुवै पक्षबाट व्यक्त गरिएको बताउनुभयो ।
उहाँले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाँका पत्रकार , नागरिक समाजका अगुवासँग भेट भएको र ती भेटघाटमा सबैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिमा भारतको अत्यन्त सहयोग र सहानुभूतिको भावना देखाएको बताउनुभयो ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनमा भाग लिन उहाँ फागुन ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते