
काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ ।
पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक-एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिनुभयो । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।
महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उहाँले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताउनुभयो । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।
महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट गर्नुभयो ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन