
काठमाडौँ, २ चैत । अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ ।
पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक-एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिनुभयो । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।
महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उहाँले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताउनुभयो । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।
महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट गर्नुभयो ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय