
लन्डन । नेपाली दूतावासले नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्विशतवार्षिकी पुरा भएको उपलक्ष्यमा भोलि १४ मार्च देखि साताव्यापी विशेष समारोहको तयारी पुरा गरेको छ ।
दूतावासका प्रवक्ता शरदराज आरणले सोमबार एक विज्ञप्ति जारी गर्दै पहिलो दिन मंगलबार समुदघाटन विशेष समारोह र नेपाली सांस्कृतिक महोत्सव हुने जनाएका छन् । उद्घाटन र समापन समारोहमा निम्तालुलाईमात्र प्रवेश दिइने र साथमा निम्ताको प्रिन्टेड कपी र परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उद्घाटन र समापन समारोहमा डिप्लोमेटिक एण्ड प्रोटेक्सन पुलिसले प्रवेशका बेला आफैं जांच गर्नेछ । ति दुई दिन नेपाल र बेलायतका उच्च पदस्थ अधिकारीहरु सहभागी हुने कार्यक्रम छ ।
समारोहको दोश्रो दिन १५ मार्चमा नेपाली पर्यटन महोत्सव, तस्विर र कला प्रदर्शनी गरिनेछ । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]