
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो आइतबार प्रेस मञ्च नेपाल सप्तरीद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै । तस्बिर ः अरुणकुमार यादव, राजविराज, रासस
कञ्चनपुर (सप्तरी), २९ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले) लाई आग्रह गर्नुभएको छ ।
प्रेस मञ्च सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेस विरोधी रवैया छाड्नुस, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनोस् ।” मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, “१८ वर्ष चुनाव नहुँदा के फरक परयो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।”
मृतकका परिवारलाई आर्थिक सहयोग
यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग आज भेट गर्नुभएको छ ।
सो क्रममा उहाँले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही रु एकलाख २५ हजार आर्थिक सहयोग गर्नुभएको थियो । अध्यक्ष महतोले मृतकका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता दिनुभएको थियो ।
एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभा विथोल्न पुगेका सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते