काठमाडौँ, २९ फागुन । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी नेता डा. लोहनीले राप्रपा र राप्रपा नेपालबीच एकता महाधिवेशनपछि पार्टीको विधानलाई उपेक्षा गरिएको र महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याइएको आरोपसहित पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।
“एकता महाधिवेशनपछि पार्टी सानो समूहको स्वार्थपूर्ति गर्ने झुण्डको रुपमा प्रयोग हुन थालेको छ,” उहाँले भन्नुभयो – “पार्टीमा देखिएको अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गइरहेको छ । देश र जनताको हितमा काम नगर्ने पार्टीमा आबद्ध भइरहनु देश र जनता दुबैप्रति विश्वासघात हो । त्यसैले म राप्रपाबाट अलग हुन परेको हो ।”
उहाँले संविधान संशोधन विधेयकमा पार्टीको विमति रहेको र आवश्यक परे सरकारबाट बाहिरिने भने पनि अध्यक्ष कमल थापाले कुनै छलफल नै नगरी मधेसको समस्यालाई समाधान गर्छु भनेर सरकारमा पुग्ने हतियारका रुपमा त्यसलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।
देश अशान्त भएको बेला केन्द्रीय समितिको बैठक बोलाई पार्टीमा छलफल गर्नुको सट्टा सङ्कटको फाइदा उठाई सरकार जानु अवसरवादी चरित्र भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “मधेसी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउने राजनीतिक सौदा गरी अध्यक्ष आफंै सरकारमा जानु दुर्भाग्यपूर्ण हो ।”
राप्रपाका राष्ट्रिय अध्यक्षसमेत हुनुभएका डा. लोहनीले पार्टी एकीकरण पछि पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमतिलाई समेत पार्टी अध्यक्षले लत्याएको आरोप लगाउनुभयो ।
उहाँले पार्टीबाट अलग भएपनि राजनीतिमा सक्रिय रहिरहने जानकारी दिनुभयो ।
“म अब के गर्ने भन्ने सम्बन्धमा देशभरका साथीभाइसँग छलफल गर्छु,” उहाँले भन्नुभयो – “म राजनीतिक व्यक्ति हुँ । सक्रिय राजनीति गर्छु ।”
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते