जेनेभा, २३ फागुन । पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ ।
वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर अवस्थालाई जनाउछ ।
बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, हृदयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाई छ ।
‘प्रदूषित वातावरण विषेशगरी साना बालबालिकाका लागि निकै घातक हुन्छ’, डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च