काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ ।
आयोगले आज एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ १७ गतेभित्र आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने भन्ने निर्णयअनुसार नै आयोगको केन्द्रीय कार्यालयमा समेत दल दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।
यसअघि दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको जनाएको छ । आयोगले राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, सङ्गठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, आधिकारिक छापको नमूना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नु पर्ने जनाएको छ ।
स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा (४) द्वारा निर्धारित सर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय