काठमाडौँ, १४ फागुन । विभिन्न विद्यार्थी सङ्गठनका तालाबन्दी तथा अवरोधका कारण त्रिभुवन विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मनोनयनको कार्यक्रम प्रभावित भएको छ ।
त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।
अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द निकटको अखिल (क्रान्तिकारी)ले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको जनाइएको छ ।
सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिका अनुसार निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले भने त्यसको विरोध गरेका छन् ।
मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज अनेरास्ववियु र नेवि सङ्घबीच झडपसमेत भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते