दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ ले जनाएको छ ।
यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी संस्थाका एक सदस्यले जानकारी दिएका छन् । घटना टर्कीको सिमा क्षेत्रमा भएको र टर्कीको सेना र टर्की सरकारको सहयोग प्राप्त सिरियाली विद्रोहीलाई लक्षित गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटक पदार्थलाई हमलाकारीले सवारी साधनको तल्लो भागमा राखेर विस्फोट गराएका थिए । घटनामा इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकुको संलग्नता रहेको सिरियाली मानव अधिकारवादी बताएको छ ।
आइएस लडाकूहरुले भने घटनामा चार सय जना टर्कीका सुरक्षाकर्मी र विद्रोही लडाकुको मृत्यु भएको दाबी गरेका छन् ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान