दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई लक्षित गरिएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ ले जनाएको छ ।
यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश सिरियाली विद्रोही परेका उक्त मानव अधिकारवादी संस्थाका एक सदस्यले जानकारी दिएका छन् । घटना टर्कीको सिमा क्षेत्रमा भएको र टर्कीको सेना र टर्की सरकारको सहयोग प्राप्त सिरियाली विद्रोहीलाई लक्षित गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटक पदार्थलाई हमलाकारीले सवारी साधनको तल्लो भागमा राखेर विस्फोट गराएका थिए । घटनामा इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकुको संलग्नता रहेको सिरियाली मानव अधिकारवादी बताएको छ ।
आइएस लडाकूहरुले भने घटनामा चार सय जना टर्कीका सुरक्षाकर्मी र विद्रोही लडाकुको मृत्यु भएको दाबी गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक