लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले आगामी अप्रिल २२ मा नेपाली नयां वर्ष शुभकामना सांझ गर्ने भएको छ । सोसाइटी अध्यक्ष दधि आचार्यको अध्यक्षतामा गत फेब्रुअरी १२ मा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । अल्डरसटको एम्पाएर हलमा हुने उक्त कार्यक्रम सफलतापूर्वक आयोजना गर्न संस्थाका सल्लाहकार मान प्रसाद गुरुङको संयोजकत्वमा एक कमिटी गठन गरिएको छ । साथै बैठकले स्थानिय नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भइ नयां वर्ष उल्लासमय वातावरणमा मनाउन आव्हान समेत गरेको छ ।
त्यसै गरि सो संस्थाले सदस्यता प्रणाली लागू गर्ने भएको छ । पर्वत जिल्लाबाट आएर बेलायतमा बसोबास गर्ने पर्वत जिल्लावासीलाई समेट्ने उद्देश्यले लागू गरिएको सो सदस्यता साधारण र आजिवन गरि २ प्रकारको हुनेछ । हाल सम्म दधि आचार्य, दिपक जोशी, याम भण्डारी, मान प्रसाद गुरुङ, मेक बहादुर पुन, भिम बहादुर पुर्जा, नेत्र बहादुर आले, काजी गुरुङ, पुरन गिरी, हितकाजी गुरुङ, नारायण गिरी, राजकुमार गुरुङ, बिनोद पुरी, कुलराज गुरुङ, परशुराम गुरुङ, गुप्त आले, गंगाबहादुर खोर्जा, जुवारी लाल गुरुङ, अंग गर्बुजा, भरत पौड्याल, धनबहादुर गुरुङ र सन्जीव गुरुङले आजीवन सदस्यता लिइसकेका छन् ।
महासचिव भरत पौड्यालले सञ्चालन गरेको उक्त बैठकमा कार्यसमितिका उपाध्यक्ष सन्जीब गुरुङ, कोषाध्यक्ष नेत्र आले, सचिव बिनोद पुरी र सदस्यहरु भिम पुर्जा, अंग गर्बुजा, मेख तिलिजा र गंगा र्खोजालाई हितकाजी गुरुङ र मान प्रसाद गुरुङले खादा लगाएर स्वागत गरे भने अध्यक्ष दधि आचार्यले सल्लाहकारहरु हितकाजी गुरुङ, पुरन गिरी, याम भण्डारी, मानप्रसाद गुरुङ, काजी गुरुङ, परशुराम गुरुङ, जुवारीलाल गुरुङ, गुप्त आले र धनबहादुर गुरुङलाई खादा लगाएर स्वागत गरेका थिए । उक्त बैठकमा भूपू कार्यसमितिका कोषाध्यक्ष दिपक जोशीलाई विदाई गरे । त्यसैगरि सोसाइटीका संस्थापक महासचिव युवन गुरुङ लाई पनि स्वागत गरिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई