लन्डन । बेलायतका नेपालीले मोटर सम्बन्धि काम गर्ने कम्पनी खोलेका छन् । फोकस्टोन चेरिटनमा खुलेको ‘मुस्ताङ मोटर्स’ को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
स्यान्डगेट प्यारिस काउन्सिल, फोकस्टनका काउन्सिलर तथा गोर्खा सेक्युरिटी सर्भिसेसका निर्देशक नवीन सिवा र फोकस्टन नेपलिज कम्युनिटी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले रिबन काटेर कम्पनीको सेवा सुचारु गरेका थिए ।
उद्घाटन समारोहमा किरात राइ यायोख्या फोकस्टन शाखाकी उपाध्यक्ष निर्मला राई, टु आर जिआर आरएसएमका संगम राई, आसफोर्ड सगरमाथा कम्युनिटीका महासचिव डम्बर लिम्बु, क्यान्टरबरी नेपलिज कम्युनिटीका अध्यक्ष कृष्णबीर तामाङ, डोभर नेपलिज कम्युनिटीका अध्यक्ष काजीमान याक्सो, फोकस्टन मोटर्सका जेफ र जेन लगायत अतिथीहरुको सहभागिता थियो ।
कम्पनीका प्रवन्ध निर्देशक रिवाज राईका अनुसार, उक्त कम्पनीले मोटर रिपेयर्स, एमओटी, कार सर्भिसिङ, टायर फिटिङ, एक्जस्ट, लगायत सेवा दिनेछ । उद्घाटनका अवसरमा कम्पनीले दश प्रतिशत डिस्काउन्ट समेत दिने जनाएको छ ।
मुस्ताङ मोटर्सले विशेषगरि फोकस्टन, आसफोर्ड, डोभर, मेडस्टोन र क्यान्टरबरी वरपरका ग्राहकलाई सेवा दिने छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार