लन्डन । बेलायतका नेपालीले मोटर सम्बन्धि काम गर्ने कम्पनी खोलेका छन् । फोकस्टोन चेरिटनमा खुलेको ‘मुस्ताङ मोटर्स’ को शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
स्यान्डगेट प्यारिस काउन्सिल, फोकस्टनका काउन्सिलर तथा गोर्खा सेक्युरिटी सर्भिसेसका निर्देशक नवीन सिवा र फोकस्टन नेपलिज कम्युनिटी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले रिबन काटेर कम्पनीको सेवा सुचारु गरेका थिए ।
उद्घाटन समारोहमा किरात राइ यायोख्या फोकस्टन शाखाकी उपाध्यक्ष निर्मला राई, टु आर जिआर आरएसएमका संगम राई, आसफोर्ड सगरमाथा कम्युनिटीका महासचिव डम्बर लिम्बु, क्यान्टरबरी नेपलिज कम्युनिटीका अध्यक्ष कृष्णबीर तामाङ, डोभर नेपलिज कम्युनिटीका अध्यक्ष काजीमान याक्सो, फोकस्टन मोटर्सका जेफ र जेन लगायत अतिथीहरुको सहभागिता थियो ।
कम्पनीका प्रवन्ध निर्देशक रिवाज राईका अनुसार, उक्त कम्पनीले मोटर रिपेयर्स, एमओटी, कार सर्भिसिङ, टायर फिटिङ, एक्जस्ट, लगायत सेवा दिनेछ । उद्घाटनका अवसरमा कम्पनीले दश प्रतिशत डिस्काउन्ट समेत दिने जनाएको छ ।
मुस्ताङ मोटर्सले विशेषगरि फोकस्टन, आसफोर्ड, डोभर, मेडस्टोन र क्यान्टरबरी वरपरका ग्राहकलाई सेवा दिने छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?