लन्डन । बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन गइरहेको ‘लुट २’ को लन्डन प्रिमियरका बेला नायकहरु दयाहाङ राई र सौगात मल्ल समेत उपस्थित हुने भएका छन् । गोर्खा वरियर्सले प्रस्तुत गर्न लागेको उक्त फिल्मको लन्डनस्थित हयारो सिनेमा हलमा ५ मार्चमा हुने प्रिमियरका अवसरमा नायकद्वयको सहभागिता हुने भएको हो ।
आयोजकमध्ये अल्बिन लिम्बुका अनुसार, उक्त फिल्म २५ फेब्रुअरीमा अल्डरसटको प्रिन्सेस हलमा समेत प्रदर्शन हुंदैछ । त्यसैगरि, ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी छ ।
निश्चल बस्नेत निर्देशित ‘लुट २’ को आइटम गीत लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार… अहिले खुबै हिट छ । ब्लकबस्टर ‘लुट’ को सिक्वेल यस फिल्म आशा गरिएको मध्ये एक हो । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भूमिका छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो