‘नेपालको पानी जनताको लगानी’ मा तीन अर्ब बढीको लगानी प्रतिबद्धता

काठमाडौँ, २३ माघ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि बढाएको अभियानमा हालसम्म रु तीन अर्ब तीन करोड ३१ लाख ११ हजारको प्रतिबद्धता आएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयले आज जारी गरेको प्रेस नोटअनुसार दैनिक प्रतिबद्धता जनाउने क्रम बढ्दै गएको उल्लेख गरिएको छ ।

अनलाइनमार्फत हालसम्म व्यक्तिगततर्फ २७ हजार ३५४ जनाले लगानी प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका अनुसार सेयर लगानीमा व्यक्तिगततर्फ कुल रु दुई अर्ब ८८ करोड ९ लाख ३६ हजार तथा कम्पनीतर्फ रु एक अर्ब ५२ करोड १७ लाख पाँच हजारको प्रतिबद्धता आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री