
बेलायती प्रधानमन्त्री टेरेजा मे (बायां) फ्रान्सेली राष्ट्रपतिसंग कुराकानी गर्दै इयू समिटमा । तस्विरः एपी
माल्टा, २१ माघ । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताउनुभएको छ ।
ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिखर सम्मेलनका अवसरमा अलान्दले सञ्चारकर्मीमाझ बताउनुभयो ।
अलान्दले अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी ट्रान्सएटलान्टिक गठनबन्धन र खर्चको बाडफाँडकका सम्बन्धमा दिएको अभिव्यक्ति कुन उद्देश्यले आएका हुन भन्ने विषय नै शङ्काको घेरामा रहेको बताउनुभयो ।
पोल्याण्ड र हङ्गेरीका नेताहरुबाट व्यक्त भएका विषयमा फ्रन्सको के अडान रहनेछ भन्ने प्रश्नमा अलान्दले भन्नुभयो, “यदि अमेरिका इयूको भविष्यका बारेमा अमेरिका र इयूबीच सहकार्य गरेर अघि बढ्न नसक्ने हो भने ट्रम्पको भविष्यसमेत उज्जल रहने छैन ।”
इयूका सदस्य रहेका धेरै राष्ट्रहरुले आफ्नो भविष्यका बारेमा पहिला इयूसँग सहकार्य नगरी अमेरिकासँग द्विपक्षीय सम्बन्ध स्थापना गर्दैमा सहज नहुने उहाँको धारणा थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यूरोपका कतिपय मुलुकलाई बेलायतको इयू बहिर्गमनको विषयप्रति चिन्तन गर्न गरेको आग्रंहलाई अलान्दले अस्वभाविक बताउनुभयो ।
सो अवसरमा जर्मन चान्सलर एन्जेला मर्केलले २८ राष्ट्र इयूले आफ्नो भविष्यप्रति सजग रहेको टिप्पणी गर्नुभयो ।
“इयूलाई जति बलियो पार्नसक्यो यसको विश्व समुदायमा त्यतिनै विश्वसनीयता बढ्ने छ,” मर्केलले भन्नुभयो ।
त्यसैगरी अष्ट्रियन चान्सलर क्रिष्टियन कर्नले ट्रम्पको विवादास्पद आप्रवासी नीतिको आलोचना गर्नुभयो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी