
म्याग्दीको घार गाविस–१स्थित पुनहिलमा आएका पर्यटक शनिबार बिहान हिउँमा रमाउँदै । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस
सोलुखुम्बु, १५ माघ । सोलुखुम्बुमा गएराति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान करिब १० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी थियो ।
जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ ।
हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । आज बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ ।
हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ ।
सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ
हेटौँडा, १५ माघ । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताउनुभएको छ ।
काठमाडाँै र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिनुभयो । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार