
रेस सेन्टर नेपाल बाँकेद्धारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ, वरिष्ठ नेता वर्षमान पुन र नेता महेश्वर गहतराज पत्रकारहरु सँग । तस्बिर ः राकेशकुमार मिश्र रासस खजुरा (बाँके) ।
खजुरा (बाँके), ५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो–“संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी छ, सबैका माग र मुद्दा समावेश गरेरै चुनाव हुन्छ ।”
उहाँले भन्नुभयो, “सबैभन्दा पहिला मिति घोषणा गरी निर्वाचन प्रक्रिया अघि बढाउन सहज हुन्छ, त्यसपछि संविधान संशोधनलगायत विषयमा सहमति गरी छिट्टै टुङ्गो लाग्छ ।” प्रतिपक्षमा रहेका दललाई यही सरकारमा सहभागी हुन आग्रह गर्दै नेता श्रेष्ठले यही सरकारले चुनाव सम्पन्न गराउने जिकिर गर्नुभयो ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी