केन्ट । एफसी केन्ट (भेट्रान) को अधिवेशनले बुद्धि सुनुवारलाई पुनः म्यानेजरमा चयन गरेको छ । आइतबार बेलायतको आसफोर्डमा सम्पन्न क्लबको अधिवेशनले सुनुवारलाई पुनः म्यानेजर चयन गरेको हो । अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमिति चयन गरियो । कार्यसमितिमा प्रायः पुरानै समितिका सदस्यहरुलाई सर्वसम्मति मनोनित गरिएको छ जसमा सहायक म्यानेजर भास्कर राई, महासचिव छवि चोङ्बाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्बु, सहायक कोषाध्यक्ष रबिन परियार, ट्रेनिङ क्याप्टेन पदम योङ्हाङ, कोच लोक चोङ्बाङ, इन्टरटेन्मेन्ट श्याम लामा, सहायक इन्टरटेन्मेन्ट भास्कर राई, स्पोर्ट किट आइसी बेद सुनुवार, सहायक स्पोटर्सकिट आइसी मोहन राई, टिम मेडिक डिल्लिराज थापा, मेसिङ आइसी भबहादुर पुन, सहायक मेसिङ आइसी राजेन्द्र नेम्बाङ र मेडियामा सुरेन्द्र इङ्नाम रहेका छन् ।
कार्यक्रमको दोस्रो शत्रमा आउँदो टुर्नामेन्ट, खेलाडीहरुको चयन र भविष्यमा च्यारिटी खेलहरु खेल्नेबारे छलफल गरिएको थियो ।
क्लबले सन् २०१८ पछि विषेशत नेपालमा गएर च्यारिटी खेलहरु खेली अनाथ बालबालिकहरुलाई सहयोग गर्ने प्रस्तावित योजना अघि सारेको छ । कार्यक्रमको अन्त्यमा म्यानेजर बुद्धि सुनुवारले नयाँ कार्यसमितीलाई वधाई दिंदै पुन म्यानेजरकै जिम्मावारी पाएकोमा अझै राम्रो काम गर्ने प्रतिवद्धता जाहेर गर्दै अधिवेशनलाई औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेका थिए ।
अधिवेशन लोक चेम्जोङ र सेक्रेटरी छबि चोङ्बाङले संयुक्त रुपमा सन्चालन गरेका थिए । यसैगरी छनोट भएका खेलाडीहरुमा मोहन राई, सन्तोष गुरुङ, गुप्तराज चेम्जोङ, नेत्र यख्खा, सुमन थापा, सुजित थापा, संगम राई, सुरेश चोङ्बाङ र दिनेश लिम्बु रहेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]