केन्ट । एफसी केन्ट (भेट्रान) को अधिवेशनले बुद्धि सुनुवारलाई पुनः म्यानेजरमा चयन गरेको छ । आइतबार बेलायतको आसफोर्डमा सम्पन्न क्लबको अधिवेशनले सुनुवारलाई पुनः म्यानेजर चयन गरेको हो । अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमिति चयन गरियो । कार्यसमितिमा प्रायः पुरानै समितिका सदस्यहरुलाई सर्वसम्मति मनोनित गरिएको छ जसमा सहायक म्यानेजर भास्कर राई, महासचिव छवि चोङ्बाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्बु, सहायक कोषाध्यक्ष रबिन परियार, ट्रेनिङ क्याप्टेन पदम योङ्हाङ, कोच लोक चोङ्बाङ, इन्टरटेन्मेन्ट श्याम लामा, सहायक इन्टरटेन्मेन्ट भास्कर राई, स्पोर्ट किट आइसी बेद सुनुवार, सहायक स्पोटर्सकिट आइसी मोहन राई, टिम मेडिक डिल्लिराज थापा, मेसिङ आइसी भबहादुर पुन, सहायक मेसिङ आइसी राजेन्द्र नेम्बाङ र मेडियामा सुरेन्द्र इङ्नाम रहेका छन् ।
कार्यक्रमको दोस्रो शत्रमा आउँदो टुर्नामेन्ट, खेलाडीहरुको चयन र भविष्यमा च्यारिटी खेलहरु खेल्नेबारे छलफल गरिएको थियो ।
क्लबले सन् २०१८ पछि विषेशत नेपालमा गएर च्यारिटी खेलहरु खेली अनाथ बालबालिकहरुलाई सहयोग गर्ने प्रस्तावित योजना अघि सारेको छ । कार्यक्रमको अन्त्यमा म्यानेजर बुद्धि सुनुवारले नयाँ कार्यसमितीलाई वधाई दिंदै पुन म्यानेजरकै जिम्मावारी पाएकोमा अझै राम्रो काम गर्ने प्रतिवद्धता जाहेर गर्दै अधिवेशनलाई औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेका थिए ।
अधिवेशन लोक चेम्जोङ र सेक्रेटरी छबि चोङ्बाङले संयुक्त रुपमा सन्चालन गरेका थिए । यसैगरी छनोट भएका खेलाडीहरुमा मोहन राई, सन्तोष गुरुङ, गुप्तराज चेम्जोङ, नेत्र यख्खा, सुमन थापा, सुजित थापा, संगम राई, सुरेश चोङ्बाङ र दिनेश लिम्बु रहेका छन् ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह