
लन्डन । मेडस्टोनवासी नेपालीलाई खुशीको खबर छ । उनीहरुले स्थानीय काउन्सिलबाट सामुदायिक घर पाएका छन् । मेडस्टोन गोर्खा नेपलिज कम्युनिटीलाई काउन्सिलले भवन दिएको हो । कम्युनिटीको उक्त ‘समाज घर’ सप्ताहन्तमा उद्घाटन भएको छ । मेडस्टोन मेयर काउन्सिलर डेरेक बटलर र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले एक कार्यक्रमबीच उक्त भवन
उद्घाटन गरे ।

मेडस्टोन बरो काउन्सिलले उक्त भवन मेडस्टोन गोर्खा नेपलिज कम्युनिटीलाई लिज होल्ड करारमा भोग चलन गर्न गराउन पाउने अनुमति दिएपछि कम्युनिटी सदस्यहरुकै सक्रियतामा भवन मर्मत
सम्भार गरी सञ्चालनमा ल्याइएको कम्युनिटीका पिआर भीष्म गुरुङले जानकारी दिए ।
उक्त भवन मार्फत आवश्यकता हेरि समाजका सदस्यहरु लगायत अन्य स्थानीयहरुका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराइने छ । उद्घाटन समारोहमा बोल्दै समाजका अध्यक्ष मेजर (रिटायर्ड) धन बहादुर चन्दले समाजका सदस्यहरु लगायत बरो काउन्सिलका सबैको सहयोगले मात्र यो कार्य सम्पन्न हुन सकेको भन्दै आभार व्यक्त गरे ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह