
लन्डन । मेडस्टोनवासी नेपालीलाई खुशीको खबर छ । उनीहरुले स्थानीय काउन्सिलबाट सामुदायिक घर पाएका छन् । मेडस्टोन गोर्खा नेपलिज कम्युनिटीलाई काउन्सिलले भवन दिएको हो । कम्युनिटीको उक्त ‘समाज घर’ सप्ताहन्तमा उद्घाटन भएको छ । मेडस्टोन मेयर काउन्सिलर डेरेक बटलर र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले एक कार्यक्रमबीच उक्त भवन
उद्घाटन गरे ।

मेडस्टोन बरो काउन्सिलले उक्त भवन मेडस्टोन गोर्खा नेपलिज कम्युनिटीलाई लिज होल्ड करारमा भोग चलन गर्न गराउन पाउने अनुमति दिएपछि कम्युनिटी सदस्यहरुकै सक्रियतामा भवन मर्मत
सम्भार गरी सञ्चालनमा ल्याइएको कम्युनिटीका पिआर भीष्म गुरुङले जानकारी दिए ।
उक्त भवन मार्फत आवश्यकता हेरि समाजका सदस्यहरु लगायत अन्य स्थानीयहरुका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराइने छ । उद्घाटन समारोहमा बोल्दै समाजका अध्यक्ष मेजर (रिटायर्ड) धन बहादुर चन्दले समाजका सदस्यहरु लगायत बरो काउन्सिलका सबैको सहयोगले मात्र यो कार्य सम्पन्न हुन सकेको भन्दै आभार व्यक्त गरे ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ