
लन्डन । काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्यूमा एक दिवसीय ध्यान शिविर सञ्चालन गर्ने भएका छन् ।
गोर्खा प्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको उक्त कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिने आयोजकले जानकारी दिएका छन् । उनले विभिन्न ध्यान विधिहरु सिकाउँदै सबै पेशा र उमेर समूहका मानिसहरुलाई सुखी र खुसी जीवन जीउनुका साथै आफूले गरिरहेको कामबाट अरु बढि प्रतिफल कसरी पाउने भन्ने बारे पनि चर्चा गर्ने अपेक्षा छ ।
स्वामी अर्हतले फार्नबरो बाहेक लन्डन, डार्टफोर्ट र एबरडिनमा पनि ध्यान शिविर तथा सत्संग कार्यक्रम सञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ ।
बढी भन्दा बढी मानिसहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले आयोजक गोर्खा प्रेन्युअर संस्थाले नेपालमा ’नो पोभर्टी’ भन्ने अभियान शुरु गरेको छ।
आगोमा हिंडन सिकाउने मास्टर फायर वाकिङ प्रशिक्षक तथा एक्स्ट्रीम एम्पावरमेन्ट कोच कृष्ण गुरुङले स्थापना गरेको गोर्खा प्रेन्युअर संस्थाले बेलायतमा पनि व्यक्तित्व विकाससम्बन्धि प्रशिक्षणहरु सन्चालन गर्दै आएको छ। थप जानकारीका लागि कृष्ण गुरुङलाई 07825660594 मा सम्पर्क गर्न सकिनेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो