
लन्डन । काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्यूमा एक दिवसीय ध्यान शिविर सञ्चालन गर्ने भएका छन् ।
गोर्खा प्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको उक्त कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिने आयोजकले जानकारी दिएका छन् । उनले विभिन्न ध्यान विधिहरु सिकाउँदै सबै पेशा र उमेर समूहका मानिसहरुलाई सुखी र खुसी जीवन जीउनुका साथै आफूले गरिरहेको कामबाट अरु बढि प्रतिफल कसरी पाउने भन्ने बारे पनि चर्चा गर्ने अपेक्षा छ ।
स्वामी अर्हतले फार्नबरो बाहेक लन्डन, डार्टफोर्ट र एबरडिनमा पनि ध्यान शिविर तथा सत्संग कार्यक्रम सञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ ।
बढी भन्दा बढी मानिसहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले आयोजक गोर्खा प्रेन्युअर संस्थाले नेपालमा ’नो पोभर्टी’ भन्ने अभियान शुरु गरेको छ।
आगोमा हिंडन सिकाउने मास्टर फायर वाकिङ प्रशिक्षक तथा एक्स्ट्रीम एम्पावरमेन्ट कोच कृष्ण गुरुङले स्थापना गरेको गोर्खा प्रेन्युअर संस्थाले बेलायतमा पनि व्यक्तित्व विकाससम्बन्धि प्रशिक्षणहरु सन्चालन गर्दै आएको छ। थप जानकारीका लागि कृष्ण गुरुङलाई 07825660594 मा सम्पर्क गर्न सकिनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा