
काठमाडौँ, २२ पुस । त्रिभुवन विमानस्थलको भन्सार छलेर ३३ किलो अवैध सुन बाहिरिएको घटनाको सम्बन्धमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।
विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।
सुन छुटेको अवधिमा कार्यरत उपसचिवदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको उहाँले बताउनु भयो ।
सापकोटाले भन्नुभयो, “कर्मचारीको मिलेमतो, लापर्बाही वा कमजोरी के कारणले सुन छुट्यो भन्ने छानबिन गरी १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा दिइएको छ ।” छानबिन समितिमा कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य हुनुहन्छ ।
त्रिभुवन विमानस्थलको भन्सारबाट छाडिएको ३३ किलो सुनसहित पिङ्गलास्थानबाट तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ