काठमाडौँ, १८ पुस । व्यवस्थापिका–संसद्को आज तय भएको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी मङ्गलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन गर्नुभएको हो । प्रमुख दलहरुबीच सहमतिको प्रयासका लागि संवाद चलिरहेकाले आजको दोस्रो बैठक स्थगन भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
आजको पहिलो बैठक विपक्षीको अवरोधपछि अवरुद्ध भएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा