चितवन जिल्लाको दक्षिण भूभागमा रहेको राप्ती खोला पारी एक दुर्गम गाउं थियो । जुन दुर्गम गाउंको नाउं हो पदमपुर । जहां हरेक वर्षा याममा राप्ती खोलाले अन्न उब्जाउने खेत लैजान्थ्यो । बाढीले उब्जिएको अन्न पनि सखाप पार्दथ्यो । अर्कोतिर वनजंगलको छेउमै रहेको उक्त गाउंमा जंगली हात्ती, बाघ, भालु र गैंडाको आक्रमण अचाक्ली थियो । कतिले त ज्यान पनि गुमाउंथे । बाटोघाटो मान्छेकै पैदलले बन्दथ्यो । डुंगाबाटै खोला तरी बजार पुग्नु पथ्र्यो । बत्तीको त कुरै नगरौं । टुकीकै भरमा रात कटाउनु पथ्र्यो । त्यही टुकीकै उज्यालोबाट आज उनी विश्वभरि चम्किएका छन् ।
हो, पक्कै पनि धेरै नेपालीहरुको संघर्ष यस्तै टुकीहरुबाटै भएको छ । त्यो टुकीले उज्यालो नदिएको भए सायद आज जीवा लामिछानेको जीवनमा यति धेरै उज्यालो आउने थिएन । तिनै जीवा जन्मिएको ठाउं हो पदमपुर । पदमपुरबाट रसिया सम्मको यात्रामा उनले धेरै आरोह अवरोह पार गरेका छन् । बिजुली नभएको ठाउंमा जन्मिएका जीवा आज मुलुकलाई उज्यालो दिन ठूल्ठूला जलविद्युत आयोजनामा लगानी गरेका छन् । यति मात्रै होइन सामाजिक सेवामा उनको योगदान बिर्सिन नसकिने खालको छ ।
खेमलाल र हरिकला लामिछानेको कोखबाट सन् १९६७ फेब्रुअरी १३ अर्थात विं. सं २०२३ साल फागुन १ गते जीवाको जन्म चौथो सन्तानको रुपमा भएको हो । निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मिएका जीवाको शिक्षादीक्षा चितवनकै सरकारी विद्यालयमा भएको हो । उनको प्रारम्भिक शिक्षा कक्षा ७ सम्म चितवनको भीमोदय निम्न माध्यमिक विद्यालयमा भएको थियो भने त्यसपछि उनले कक्षा ८ देखि १० सम्म चितवनकै रत्ननगर टांडीमा अवस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययन गरे ।
वि.सं २०४० साल अर्थात् सन् १९८३ मा उनी एसएलसी प्रथम श्रेणीमा पास गर्न सफल भए । एसएलसी पास गरेपछि उनको अध्ययन पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (कलेज) मा भयो । पुल्चोकबाट सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तहमा उनी प्रथम श्रेणीमै पास गर्न सफल भए । त्यसपछि उनी सन् १९८६ मा छात्रवृत्ति प्राप्त गरी सोभियत युनियन रसियामा इन्जिनियरिङ साइन्स विषय अध्ययन गर्न रुस पुगे । खासमा त डाक्टर बन्ने धोको थियो उनको तर उनी इन्जिनियरिङ पढ्न लागे ।
रसियाको नोभोमोस्कोभ्सीस्थित मेन्डेलिभ केमिकल टेक्नोलोजी इन्ष्टिच्युटमा उनी रसियन भाषा पढ्न भर्ना भए । उनी एक वर्ष रसियन भाषा पढिसकेपछि मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङ कलेजमा भर्ना भए । सन् १९९२ मा उनले सोही युनिभर्सिटीबाट मास्टर डिग्री अर्थात स्नातकोत्तरको डिग्री प्राप्त गरे ।
सन् १९९१ मा सोभियत युनियनको विघटनसंगै रसियामा खुलाबजार अर्थतन्त्रको सुरुवात हुन थाल्यो । सुरुमा लामिछानेले ग्रोसरी पसल र क्याफे चलाए । त्यसपछि सन् १९९२ मै लामिछानेले मस्कोमा इलेक्ट्रोनिक्स सामानहरुको व्यापार सुरु गरे । उनको कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरुको आधिकारिक विक्रेता भई विक्री गर्न सुरु गरयो ।
सामान्य विद्यार्थी जीवनबाट स्थापित व्यापारीसम्मको फड्को मार्ने नेपालीहरुको व्यापारिक सञ्जाल बनाउने श्रेय भने जीवा लामिछाने लगायत केही अग्रज नेपालीले पाउंदै आएका छन् । प्रवास बसाईमा त्यहां नेपाली त्यसरी चम्किनुमा एउटै मात्र कारण छ– तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोभले सन् १९८५ मा ल्याएको ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ नामक सुधार नीति । खास भन्ने हो भने चिनियां नेता देङ स्याओ पिङको मोडलसंग मिल्दोजुल्दो आर्थिक नीति । त्यतिखेर रुसले विदेशी विद्यार्थीलाई वहुराष्ट्रिय कम्पनीका इलेक्ट्रोनिक्स उत्पादन व्यक्तिगत प्रयोजनका लागि आयात गर्न छुट दिन्थ्यो । यहीे छुटको फाइदा उठाउंदै इन्जिनियरिङ पढ्दै गरेका जीवा छुट्टीमा पश्चिमा मुलुक जाने र फर्कंदा कम्प्युटर आदि ‘कन्जुमर इलेक्ट्रोनिक सामान’ ल्याएर बेच्नतिर लागे ।
घरबाट मस्को जांदा जीवासंग जम्माजम्मी १ सय ५० अमेरिकी डलर रहेछ । सहपाठीसंग हजार डलर सापटी लिएर पहिलो व्यवसायिक यात्रामा उनी निस्केछन् जर्मनी ।
रुसको त्यतिबेलाको अवस्था कस्तो थियो भने, जति पंूजी लिएर व्यावसायिक यात्रामा निस्क्यो, एकदुई सातामै त्यो पंूजी तेब्बर हुन्थ्यो । रुसमै बनेका अनाकर्षक विद्युतीय सामग्री मात्रै उपभोग गर्न वाध्य थिए उपभोक्ता । जापान, जर्मनी, अमेरिका, सिंगापुर लगायत मुलुकमा बनेका कम्प्युटर, क्यामेरा, टेलिभिजन, डेक लगायत विद्युतीय उपकरण लोकप्रिय थिए ।
रुस पश्चिमी मुलुकसंग हातहतियार र आणविक शक्तिमा प्रतिस्पर्धा गर्ने हैसियत त राख्थ्यो तर जनताका दैनिक उपभोग्य सामान उत्पादनमा त्यति अक्कल थिएन रुससंग ।
७३ वर्षे साम्यवादी व्यवस्था पतनपछि बदलिंदो बजारमा वस्तुको व्यापार गर्न जीवासंग बिज–पंूजीको समस्या भएन । उनले व्यक्तिगत व्यापारलाई संस्थागत बनाउन रसियन साझेदारसंग मिलेर टेक्नोल्यान्ड प्राइभेट कम्पनी खोले । सिंगापुर, दुबई, फिनल्यान्ड, जापानलगायत मुलुकबाट विद्युतीय सामान आयात गरी रुसका विभिन्न सहरमा विक्रीवितरण गथ्र्याे त्यसले । यसमध्ये अधिकांश ब्रान्डको रसियामा राष्ट्रिय बिक्रेता अहिले पनि उनकै कम्पनी छ । बहुराष्ट्रिय कम्पनी र रसियाका उपभोक्ताको विश्वास जितेपछि जीवाले मस्कोमा १० वटा इलेक्ट्रोनिक रिटेल पसल पनि चलाए । त्यसलाई बेचेर रुसी बजारमा होलसेल डिस्ट्रिब्युसनमा संलग्न भए ।
मस्कोमा उनको व्यापारले धेरै उचाई लिइसकेको थियो । यसै दौरान सन् १९९६ मा उनले चिकित्सा पेशामा आवद्ध मेडिकल डाक्टर विन्दिता लामिछानेसंग विवाह गरे । त्यतिबेला उनको मागी विवाह भएको थियो । लामिछानेका दुई छोराहरु छन् जेठोको नाम अनुराग र कान्छोको नाम अनुकृत हो । विवाहपछि झन् उनको श्रीमतीले उनलाई व्यापारमा सघाइन् ।
उनले मस्कोमा मात्रै आफ्नो व्यवसाय सीमित राखेनन् । उनले नेपालमा पनि धेरै क्षेत्रमा लगानी गरेका छन् । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशक थिए । नेपालमा उनले मिडिया बाहेक हस्पिटल, कलेज, सिमेन्ट र हाइड्रोपावर लगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । उनी मेडिकेयर हस्पिटल, एक्मी इन्जिनियरिङ कलेज, अग्नि सिमेन्ट र सानिमा हाइड्रोपावर कम्पनीका पनि सञ्चालक हुन् । त्यस्तै उनको सोपान मल्टिपल लिमिटेड र सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ कम्पनी पनि छ । यसबाहेक उनी सानिमा बैंकको अध्यक्ष पनि हुन् ।
त्यसैगरी उनी दुबईस्थित नेक्टर इन्टरनेशनल (एफजेडसिओ) कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । उनको अर्को महत्वपूर्ण काम भनेको विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकतावद्ध बनाई संगठन विस्तार गर्नु हो । जसलाई गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए भनिन्छ । लामिछाने र रसियामै रहेर व्यवसाय गरेका अर्का सफल व्यक्तित्व डा. उपेन्द्र महतोको पहलमा एनआरएनएको जन्म भएको हो । लामिछाने अहिले एनआरएनएका प्रमुख संरक्षक छन् । यसअघि उनी सन् २०११ मा गैर आवासीय नेपाली संघका अध्यक्ष थिए । यो संघ अहिले विश्वका ६५ वटा राष्ट्रहरुमा विस्तार भएको छ । यो संगठन सन् २००३ मा स्थापना भएको हो ।
लामिछानेको व्यवसाय रुस र नेपालमा मात्रै नभई युरोपको जर्मनीमा समेत रहेको छ । जर्मनीको फ्रयांकफर्टमा उनले होटल व्यवसाय सञ्चालन गरेका छन् ।
सन् २०१२ मा उनले जर्मनीमा एल पी इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर होटल व्यवसायमा हात हालेका हुन् ।
उनी जति समय दिएर व्यवसायमा लागेका छन् त्यो भन्दा बढी योगदान उनको समाजसेवामा पनि उत्तिकै छ । समाज सेवाका लागि उनले आफ्नो बुवा आमाको सम्झनामा खेमलाल हरिकला लामिछाने प्रतिष्ठान नामको समेत सामाजिक संस्था सञ्चालन गरेका छन् । उनी उक्त प्रतिष्ठानका संरक्षक पनि हुन् । त्यसैगरी उनी रसिया नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीको आजीवन सदस्य र रत्ननगर चेम्बर अफ
कमर्स इण्डष्ट्रीको सल्लाहकार हुन् । सन् २०११ देखि २०१३ सम्म लामिछानेलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने सन् २०११ मै उनलाई नेपाल इन्भेष्टमेन्ट बोर्डको सदस्यमा नियुक्त गरिएको थियो ।
सानैदेखि लामिछाने पढाईमा अब्बल भएकाले उनले पढाईसंगै व्यवसायमा हात हाले । जुन कुराको सफलताले उनी अहिले भोग गरिरहेका छन् । व्यावसायमा लगनशीलता, मेहनत र इमान्दारिता तीनै चिज आवश्यक रहेको उनको सफलताबाट बुझ्न सकिन्छ । व्यवसायको सफलताबाट उनले समाजमा धेरै योगदान दिएका छन् । त्यो योगदानको कुनै मूल्य छैन् ।
लामिछानेले जीवनमा व्यवसाय र समाज सेवा मात्रै गरेनन् । उनको अर्को लुकेको पाटो भनेको साहित्यिक सिर्जना पनि हो । नेपाली भाषा, संस्कृति र साहित्यलाई नजिकबाट बुझेका लामिछानेले यसको प्रवद्र्धन र उत्थानमा उत्तिकै योगदान समेत दिएका छन् । नेपाली साहित्यलाई उनले विभिन्न देशहरुमा प्रवद्र्धन गरिरहेका छन् ।
व्यस्त जीवनका केही समय र आर्जित सम्पत्तिको केही हिस्सा साहित्य सेवामा पनि खर्चेका छन् उनले । खेमलाल–हरिकला प्रतिष्ठानले हरेक वर्ष लेखकहरुलाई प्रोत्साहनस्वरुप ‘पद्मश्री साहित्य सम्मान’ दिँदै आएको छ । यसबाहेक शिक्षा, स्वास्थ्य आदि सेवा क्षेत्रमा पनि उनको संलग्नता छ ।
साहित्यमा गहिरो रुचि र आस्था राख्ने जीवा कृति प्रकाशनमा पनि लागेका छन् । हालसालै उनले ‘सरसर्ती संसार’ नामको नियात्रा साहित्यिक रचना सार्वजनिक गरेर साहित्यको क्षेत्रमा ठूलै गुन लगाएका छन् । समकालीन नेपाली साहित्यलाई अन्तर्रा्ष्ट्रिय जगतसम्म पुर्याउनका लागि नेपाली साहित्यिक कृति अंग्रेजीमा र केही नेपाली कृति रुसी भाषामा अनुवाद गराउने ऐतिहासिक कार्यमा उनको योगदानलाई भुल्न सकिंदैन । उनको रुचि भनेको देश विदेश घुम्ने, इमेलबाटै नयाँ नयां कृतिको जानकारी लिने र उक्त कृति अथवा पुस्तक पढिहाल्ने हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा