लन्डन । खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउने दुई किशोरी लन्डनमा सम्मानित भएका छन् ।
रियो ओलम्पिक २०१६ मा सहभागी विश्वकै कान्छी ओलम्पियन पौडीकी गौरिका सिंह र विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी च्याम्पियन सियना लिम्बु लिङदेनलाई नोआ आर्क स्पोर्टस साइन्स तेक्वान्दो एकेडेमी र इन्टरनेशनल नेपलिज तेक्वान्दो एकेडेमी (एन्टा यूके) ले सम्मान गरेका हुन् ।
शनिबार नर्थहोल्ट पार्क सोसियल क्लबमा आयोजित एक समारोहबीच एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एकेडेमी अध्यक्ष एनजे गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष नारायणप्रसाद गुरुङ, गोर्खा वेलफेयर सोसाइटी यूके अध्यक्ष कृष्णबहादुर राई, तमुधिं लन्डन अध्यक्ष डेभिड गुरुङ, लामा धरम गुरुङ, बिजिएनएका तर्फबाट सन्जु गुरुङ, सरिता घर्तीमगर लगायतले सम्मान गरे ।
सम्मान ग्रहणपछि दुवै किशोरीले आभार व्यक्त गर्दै यसले थप प्रेरणा मिल्ने बताए ।
उक्त अवसरमा एकेडेमी अध्यक्ष एनजे गुरुङ र नेपलिज क्रिश्चियन कम्युनिटी यूके अध्यक्षका रेबरेन्ड पास्चर तुलासिंह राईले क्रिसमसको ऐतिहासिक पक्षबारे बोलेका थिए ।
कार्यक्रममा नोआ आर्क स्पोर्टस साइन्स तेक्वान्दो एकेडेमी (पहिलेको एनजे तेक्वान्दो एकेडेमी) खेलाडीले तेक्वान्दो खेल समेत प्रदर्शन गरे । एलिना राई र दीपा गुरुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रम सफल बनाउन एन्टा यूके महासचिव हयारी गुरुङको उल्लेख्य योगदान थियो । कार्यक्रममा गौरिकाका पिता डा. पारस सिंह, एनआरएनए आइसीसी सल्लाहकार लोकभक्त राणा, यती कोषाध्यक्ष जीवन सेन लगायतको उपस्थिति थियो ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने