मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ००:४१ | UK Time: 18:56

ओझाले २५ बटुकहरुलाई मिलाइदिए खाद्यान्न प्रवन्ध

वीनेपाली
२०७३ पुष १ गते १४:३४

15555790_2167173733507990_1005187609_n

लन्डन । बेलायतमा कार्यरत एक जना नेपाली चार्टर्ड अकाउन्टेन्ट शैलेश ओझाले पाणिनी संस्कृत विद्यालय, बिराटनगरमा अध्ययनरत २५ बटुकहरुलाई दुई महिनाका लागि खाद्यान्न प्रवन्ध गरिदिएका छन् । ओझाले मुठी दान अन्तर्गत बाला चतुर्दशीका दिन आफ्नो जन्मदिन पारेर उक्त पूण्य कार्य गरेका हुन् । ति बटुक र गुरुहरुलाई खान, बस्न र लगाउने प्रवन्ध गर्न पाएकामा ओझाले खुशी व्यक्त गरे ।

ओझाले एजुकेशन नेपाल ग्लोबल सामाजिक संस्था मार्फत इटहरीको शैक्षिक क्षेत्रमा विगत देखि नै सहयोग गर्दै आएका छन् ।

संस्थापक अध्यक्ष स्व.पण्डित खगेश्वर न्यौपानेले वि.स. २०५५ साल मा स्थापना गरेको पाणिनी संस्कृत विद्यालय, विराटनगर ६ वरगाछीमा 
संस्कृत व्याकरण, वेद, सनातन कर्म पद्दति खास गरी गुरूकुलीय शिक्षा प्रदान गरिन्छ । प्रारम्भिक तह ५ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयको उद्देश्य संस्कृत भाषाको ज्ञान लिन प्रेरित विद्यार्थीलाई उत्प्रेरित गर्नु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक