काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दृढ इच्छाशक्ति भयो धेरै काम गर्न सकिन्छ भन्ने कुरा चन्द्रगिरि केबलकारको निर्माणले पुष्टि गरेको बताउनुभएको छ ।
चन्द्रगिरि हिल्स लिमिटेडद्वारा सञ्चालित केबलकारको यहाँ आज विधिवत् उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विभिन्न चुनौती र कठिनाइ भए पनि निर्धारित समयमा नै केबलकारको निर्माण हुनु सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । सरकार निजी क्षेत्रसँग नयाँ उचाइका साथ साझेदारी गर्न तयार भएको बताउँदै उहाँले भन्नुभयो, “चन्द्रगिरि केबलकार जस्तै नेपालका धेरै पहाडमा पर्यटनका नयाँ गन्तव्य निर्माणको सम्भावना छ ।”
कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले जलविद्युत्, कृषि र पर्यटनका क्षेत्रमा लगानी बढाएर मात्र मुलुकको समग्र विकास गर्न सकिन्छ भन्नुभयो । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले मुलुक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास प्रमुख आधार हो भन्दै त्यसका लागि वन क्षेत्रलाई जोड्नु आवश्यक भएको बताउनुभयो ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले दुर्गम पहाडको डाँडामा निर्माण भएको चन्द्रागिरि केबलकार निजी क्षेत्रका लागि काम गर्न प्रेरणादायी भएको बताउनुभयो । कार्यक्रममा लिमिटेडका अध्यक्ष चन्द्र ढकाल, सञ्चालकत्रय अम्बिकाप्रसाद पौडेल, मीनबहादुर गुरुङ र हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष भवानी राणालगायतले सरकारले काम गर्ने वातावरण बनाइदिए निजी क्षेत्रले अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०६६ मा केबलकार निर्माणको काम सुरु भई हालै मात्र सम्पन्न भएको हो । चार महिनाअघिदेखि अनौपचारिक रुपमा सुरु भएको केबलकारमा आजसम्म दुई लाख २५ हजारभन्दा व्यक्तिले यात्रा गरिसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा