काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दृढ इच्छाशक्ति भयो धेरै काम गर्न सकिन्छ भन्ने कुरा चन्द्रगिरि केबलकारको निर्माणले पुष्टि गरेको बताउनुभएको छ ।
चन्द्रगिरि हिल्स लिमिटेडद्वारा सञ्चालित केबलकारको यहाँ आज विधिवत् उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विभिन्न चुनौती र कठिनाइ भए पनि निर्धारित समयमा नै केबलकारको निर्माण हुनु सबैका लागि प्रेरणादायी भएको बताउनुभयो । सरकार निजी क्षेत्रसँग नयाँ उचाइका साथ साझेदारी गर्न तयार भएको बताउँदै उहाँले भन्नुभयो, “चन्द्रगिरि केबलकार जस्तै नेपालका धेरै पहाडमा पर्यटनका नयाँ गन्तव्य निर्माणको सम्भावना छ ।”
कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले जलविद्युत्, कृषि र पर्यटनका क्षेत्रमा लगानी बढाएर मात्र मुलुकको समग्र विकास गर्न सकिन्छ भन्नुभयो । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले मुलुक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास प्रमुख आधार हो भन्दै त्यसका लागि वन क्षेत्रलाई जोड्नु आवश्यक भएको बताउनुभयो ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले दुर्गम पहाडको डाँडामा निर्माण भएको चन्द्रागिरि केबलकार निजी क्षेत्रका लागि काम गर्न प्रेरणादायी भएको बताउनुभयो । कार्यक्रममा लिमिटेडका अध्यक्ष चन्द्र ढकाल, सञ्चालकत्रय अम्बिकाप्रसाद पौडेल, मीनबहादुर गुरुङ र हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष भवानी राणालगायतले सरकारले काम गर्ने वातावरण बनाइदिए निजी क्षेत्रले अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०६६ मा केबलकार निर्माणको काम सुरु भई हालै मात्र सम्पन्न भएको हो । चार महिनाअघिदेखि अनौपचारिक रुपमा सुरु भएको केबलकारमा आजसम्म दुई लाख २५ हजारभन्दा व्यक्तिले यात्रा गरिसकेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी