काठमाडौँ, २१ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत इन्डोनेसियाको बालीमा यही मङ्सिर २३ र २४ गते हुने ‘बाली डेमोक्रेसी फोरम’को नवौँ सम्मेलनमा सहभागी हुन मङ्गलबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
बाली डेमोक्रेसी फोरम एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको विकास र सम्बद्र्धन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय अभिवृद्धिका लागि इन्डोनेसिया सरकारको अग्रसरतामा सन् २००८ मा स्थापना गरिएको अन्तरसरकारी मञ्च हो ।
नेपालले पनि सो सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । इन्डोनेसिया सरकारले बर्सेनि आयोजना गर्ने उक्त मञ्चको यो सम्मेलन नवौँ हो । सम्मेलनको छलफलको विषय धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ ।
मञ्चमा सहभागी देशका नेता तथा मन्त्रीहरुले अन्तर्राष्ट्रियस्तरमा शान्ति, प्रजातन्त्र, पारस्परिक सम्मान र आपसी विश्वासबारे अनुभव आदानप्रदान गर्नाका साथै क्षेत्रीय विकासमा सहयोग र समन्वय अभिवृद्धि गर्ने विषयमा व्यापक परामर्श गर्ने गर्नेछन् ।
यस पटकको सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ५८ देशका विदेशमन्त्री तथा प्रतिनिधिको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा परराष्ट्रमन्त्री डा महतले मङ्सिर २३ गते सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सम्बोधनमा नेपालमा समावेशी प्रजातन्त्रको अवस्था, शान्ति प्रक्रियाको सफलता र नेपालमा प्रजातन्त्रका लागि भएका सङ्घर्षका विषयमा उहाँले नेपालको धारणा राख्नुहुने छ ।
सम्बोधनका क्रममा मन्त्री डा महतले नेपालमा समावेशिता, बहुलवाद, प्रजातन्त्रको सुदृढीकरण र धार्मिक सहिष्णुताको अवस्थाका बारेमा पनि नेपालका तर्फबाट धारणा राख्नुहुनेछ ।
मङ्सिर २३ मा सो सम्मेलनको उद्घाटन भएपछि इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एल पी मार्सुदीको अध्यक्षतामा हुने धर्म, प्रजातन्त्र र बहुलवादसम्बन्धी गोष्ठीमा मन्त्री डा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा महत र उहाँको नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते