काठमाडौँ, ७ मङ्सिर । परराष्ट्रमन्त्री प्रकाशशरण महत अष्ट्रेलियासँगको सम्बन्धलाई अझ सुदृढ, सुमधुर र समुन्नत तुल्याउने लक्ष्यका साथ आज साँझ अष्ट्रेलियाको पाँचदिने भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयका आज अपराह्न पत्रकारसम्मेलन गरेर उहाँले भन्नुभयो, “मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अष्ट्रेलियासँग द्विपक्षीय एवम् बहुपक्षीय वार्ताका लागि मेरो भ्रमण हुन लागेको हो ।”
मुलुकको परराष्ट्र सम्बन्धलाई अझ बृहत्तर, सुदृढ र राष्ट्रमुखी तुल्याउन सरकार क्रियाशील रहेको र त्यसैलाई निरन्तरता दिने सन्दर्भमा आफू अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जान लागेको उहाँले बताउनुभयो ।
अष्ट्रेलियामा रहँदा आफूले आफ्ना समकक्षी जुली विसप, अन्तर्राष्ट्रिय विकास सहायता, पूर्वाधार, यातायात तथा क्षेत्रीय विकास, जलवायु परिवर्तन तथा ऊर्जा, सूचना तथा सञ्चार, राष्ट्रिय सुरक्षामन्त्री, आप्रवास तथा सीमा सुरक्षामन्त्री, विपक्षी दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी मन्त्री महतले दिनुभयो ।
“अष्ट्रेलियाका सबै उच्चअधिकारीहरूसँगको भेटमा प्रत्यक्ष वैदेशिक लगानी, सहयोगका क्षेत्र विस्तार र सहायताका थप क्षेत्र र अवसरको खोजीका साथै नेपालमा लगानीको वातावरणबारे विशद् विचारविमर्श हुनेछ,” द्विपक्षीय वार्ताको कार्यसूची सुनाउँदै उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका धेरै विषयमा नेपाल र अष्ट्रेलियाबीच साझा एवम् समान अवधारणा रहेकाले ती मामिलासहित नेपालमा अधिक सहायता जुटाउने बारेमा पनि वार्ता केन्द्रित रहने मन्त्री महतले बताउनुभयो ।
आगामी शनिबार सिड्नीमा आयोजना हुने नेपाल महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुने तथा नेपाली समुदायसँग उनीहरूले मातृभूमिको विकासका निम्ति गर्न सक्ने योगदानबारे पनि छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनःनिर्माण, वन, ग्रामीण भेगका जनताको जीविकोपार्जनलगायत नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग पुग्ने विविध परियोजनामा अष्ट्रेलियाले निरन्तर सहयोग गर्दै आएको सन्दर्भमा भविष्यमा अझ धेरै सहायता जुटाउने र पारस्परिक सहकार्य अभिवृद्धिबारे पनि आफूले अष्ट्रेलियाली सरकारसँग वार्ता गर्ने मन्त्री महतले बताउनुभयो ।
अष्ट्रेलियासँगका थप सहायता क्षेत्र विस्तारबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अष्टे«लियाले नेपालमा स्वयम्सेवक परिचालन गर्न प्रस्ताव गरेको र समझदारीपत्रको मस्यौदासमेत पठाएको छ”
अष्ट्रेलियाको भ्रमण पूरा गरी न्युजिल्यान्ड प्रस्थान गर्ने आफ्नो कार्यक्रमबारे जानकारी दिँदै उहाँले हालैको भूकम्पका कारण अझै जोखिम रहेको र त्यसको मूल्याङ्न जारी रहेकाले त्यहाँ हुने भेटवार्ताबारे भने स्पष्ट कार्यतालिका निर्धारण भइनसकेको बताउनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले अष्ट्रेलियालगायत राजदूत नियुक्त गर्न बाँकी रहेका देशमा चाँडै नै नियुक्ति गरिने बताउनुभयो । साथै उहाँले चीनसँगको यातायात तथा पारवहन सन्धिबारे हालै ल्हासामा प्रारम्भिक वार्ता भएको जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा