काठमाडौँ, ७ मङ्सिर । सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।
अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको जानकारी दिइयो ।
बैठकको निर्णयअनुसार बुधबार दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । त्यस्तै सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ । हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहनुभएकाले उहाँ आएपछि मात्र ज्ञापनपत्र बुझाइने बताइएको छ ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याका बीच सांसदहरुको तलब बढाएर सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताउनुभयो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयमा पुनःविचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभयो ।
त्यसैगरी, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गर्नुभयो ।
‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । योसँगै हरेक सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु एक लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक