काठमाडौँ, ६ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै जिम्मा दिएको छ ।
पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको र आज बस्ने प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिइएको प्रवक्ता भुसालको भनाइ छ ।
साथै पार्टीको आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठकको आयोजना गरिने भएको छ ।
बैठकमा मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन भइरहेको पहल, प्रमुख तीन राजनीतिक दलको बीचमा भइरहेको छलफल तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरुले सामान्य धारणा राख्नुभएको थियो ।
नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष दाहालले आज साँझ प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । मधेस केन्द्रित दलले संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउन १५ दिनको समयसीमा दिएको सन्दर्भमा आजको बैठक महत्वपूर्ण हुने बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते