
नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २ मङ्सिर । संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बनेको छ ।
तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेको र उहाँहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा संशोधन गर्न खोजिएका विषयहरु प्रस्तुत गर्नुभएको थियो । शीर्ष नेताहरुबी प्रदेशको सीमाङ्कन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषयमा गम्भीर र सकारात्मक छलफल भएको नेता पुनले जानकारी दिनुभयो ।
सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् । सरकारले गएको कात्तिक महिनाभित्र संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने वचन दिएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता पुन सहभागी हुनुहुन्थ्यो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते