
काठमाडौँ, ३० कात्तिक । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।
मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गर्नुभएको थियो । योसँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि उचालेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक